रत्ननगर १५ माधवपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न, करिब २०० जनाको आँखा परिक्षण

श्रमिका दुवाडी,, कार्तिक १३- चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ मा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ रत्ननगर, लियो क्लब अफ राईनो रत्ननगर र आधारभूत स्वास्थ्य केन्द्र रनपा १५ को सयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । एकदिने नि:शुल्क आँखा शिविरमा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । निशान स्मृति प्रतिष्ठान रनपा-१५ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सम्पन्न गरिएको हो ।

लायन्स क्लब अफ रत्ननगरका अध्यक्ष लायन गोविन्दकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा रत्ननगर १५ का वडाध्यक्ष हुमनाथ लामिछाने, विशिष्ट अतिथि भरतपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. दिलिप तन्डुकार, लियो विनय खड्का, आँखा बैंक भरतपुर कि कोर्डिनेटर छायाँ श्रेष्ठ लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र रनपा-१५ कि ईन्चार्ज रोजिना गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बाट १८३ जना सेवाग्राहीको आँखा परिक्षण र निशुल्क औषधी वितरण गरिएको आधारभूत स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य दिपक लामिछानेले जानकारी दिनुभयो । १८३ जना मध्य १५ जनालाई मोतियाबिन्दु देखिएको र उनीहरुलाई भरतपुर आँखा अस्पताल रिफर गरिएको छ। रिफर गरिएका व्यक्तिहरुको भरतपुर आँखा अस्पतालमा पनि नि:शुल्क उपचार गरिने कार्यक्रम संयोजक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । शिविरमा भरतपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. दिलिप तन्डुकारको नेतृत्वमा रहेको ५ जनाको टोलीले आँखा परिक्षण तथा औषधी वितरण गरेको थियो।

 

 

 

https://ujyaalonepalnews.com/archives/16245

Previous articleविदेश जानेको संख्या ह्वात्तै बढ्यो; साउदी जाने सबैभन्दा धेरै
Next articleप्रकाश पराजुली र मिना बुढाथोकी दोहोरी च्याम्पियन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।