साझा प्रकाशनको महाप्रबन्धकमा गौतम

साझा प्रकाशन सञ्चालक समितिको यही माघ ११ गतेको निर्णयानुसार झापा जिल्ला शिवसताक्षी–२ निवासी होमप्रसाद गौतम साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त भएका छन्।

यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीले महाप्रबन्धकको समेत जिम्मेवारी बहन गरेका थिए। राजनीति तथा समाजसेवामा विगत चार दशकदेखि अनवरत लागेका गौतमले झापा जिल्लाका विभिन्न स्थानीय नेतृत्वमा रही जिम्मेवारी पूरा गरिसकेका छन्। विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको साझा प्रकाशन गौतमको नेतृत्वमा सबल र सक्षम हुने विश्वास लिइएको छ। रासस

बी डिभीजनको उद्घाटन खेलमा ब्वाइज र श्री कुमारी भिड्ने

Previous articleविद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ
Next articleवीरेन्द्रनगर दंगाग्रस्त क्षेत्र घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।