Home Uncategorized बी डिभीजनको उद्घाटन खेलमा ब्वाइज र श्री कुमारी भिड्ने

बी डिभीजनको उद्घाटन खेलमा ब्वाइज र श्री कुमारी भिड्ने

सहिद स्मारक बी डिभीजन लिगको उद्घाटन खेलमा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लब भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार शुक्रबार हुने दोस्रो खेलमा श्री भगवती क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल, सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ। १२ टोलीको सहभागीता हुने लिगमा ६६ खेल हुनेछन्।

बी डिभिजन लिगको विजेतालाई १५ लाख तथा दोस्रो हुनेलाई १० लाख रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ। तेस्रो र चौथो हुनेले समान ५ लाख रुपैयाँ पाउनेछन्। लिगका सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको विजेता टोलीले २० हजार पाउनेछन् भने खेल बराबरी भएमा ७ हजार ५ सय रुपैयाँ पाउनेछन्। एन्फाले सहभागी क्लबलाई तयारी वापत १० लाख रुपैयाँ दिनेछ।

यी हुन् सहभागी क्लब
१) ब्वाइज युनियन क्लब २) श्री भगवती क्लब ३) टुसाल क्लब ४) खुमलटार युथ क्लब ५) नयाँबस्ती युवा क्लब ६) झम्सिखेल युथ क्लब ७) रानीपोखरी कर्नर टिम ८) सातदोबाटो युथ क्लब ९) मध्यपुर युथ एसोसिएसन १०) पुल्चोक स्पोर्टस क्लब ११) बाँसबारी क्लब १२) श्रीकुमारी क्लब

ट्राफिक नियम लेखिएको प्ले कार्ड सडकमा देखाउन सुरु

Previous articleघुस लिएको अभियोगमा इन्जिनियर पक्राउ
Next articleजनमतको दुरुपयोग गर्दै सरकार कम्युनिष्ट संस्कारतर्फ उन्मुख भयो : रामचन्द्र पौडेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।