बैंकिङ कसुरमा कारागार चलान

बैंकिङ कसुरका फरार व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरी आज कारागार चलान गरिएको छ। उच्च अदालत पाटनको आदेशले जरिवाना र कैद सजाय तोकिए पनि फरार हुँदै आएका काठमाडौ‌ं तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी आज कारागार चलान भएका हुन्।

उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु पाँच लाख जरिवाना हुने फैसला सुनाएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौंको गोलढुंगाबाट उनलाई पक्राउ गरी आज काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतले आजै केन्द्रीय कारागार सुन्धारा पठाएको हो।

उनले व्यवसायका लागि रकम आवश्यक प¥यो भनी रु पाँच लाख ऋण लिएर पैसा नभएको बैंकको चेक दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए। सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा परेको थियो। रासस

होटल क्वारेन्टाइन अब ७ दिन मात्र; खोप लगाएको प्रमाणपत्र भए सिधै घर जान पाईने

Previous articleल्याण्डफिल्ड साइटको प्रभावः नास्टले प्रतिवेदन बुझायो
Next articleआन्तरिक राजश्व कार्यालय भरतपुरका नायबसुब्बा श्रेष्ठले दान भन्दै घुस मागेपछि…
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।