उज्यालो नेपाल- वैदेशिक रोजगारीको लागी मलेशिया लगायत विभिन्न खाडी मुलुक पुगेका नेपालीहरु विभिन्न अनलाईन विजनेस, नेटवर्किंग विजनेस, सट्टेबाजी लगायत झुटा र अवैध कारोबार बाट ठगिएका घटना बढ्न थालेका छन् । केहि दिन अघि मात्र मलेशियामा फुटबल सट्टेबाजी एपमा लगानी गरेका सयौं नेपालीहरुको करोडौ डुबेको समाचार बाहिरिएको थियो ।
त्यस्तै वैदेशिक रोजगारीको लागी गएका नेपालीहरु ‘हाइपर फण्ड’ लगायतका अनलाइन ‘नेटवर्किङ’ मार्फत पिरामिड शैलीको चेन बनाउने धन्दामा सामेल हुने क्रम बढेको छ । त्यसमा पनि कमाउन विदेश गएका नेपाली युवा यो काममा लाग्नुले उसको घरपरिवारदेखि मुलुकको अर्थ व्यवस्थासम्ममा नयाँ चुनौती थपेको छ ।

‘हाइपर फण्ड’मा सामान्य लानीकर्ताको रुपमा लगानी गर्दा लगानी गरेको ६ महिना ६ दिनमा लगानी उठ्ने र बाँकी समय नाफामा जाने लगानीकर्ताहरुको दाबी छ । ‘कम्पाउण्डिङ’ भनिने विशेष लगानीमा त झनै आकर्षक नाफा रहेको उनीहरुको दाबी छ । ‘हाइपर फण्ड’को यो ‘सेग्मेन्ट’ अन्तर्गत झण्डै १२ लाख नेपाली रुपैयाँ लगानी गर्दा २० महिनामा ४ करोड नेपाली रुपैयाँ फिर्ता पाइन्छ,’ खनाल दाबी गर्छन्, ‘दुई वर्ष नपुग्दै करोडपति !’
‘हाइपर फण्ड’ कारोबारमा संलग्न नेपालीहरुको एउटा म्यासेन्जर ग्रुपमा पठाइएको सूचना अनुसार ३०० डलर लगानी गरे १३ लाख, ५०० सय लगानी गरे २२ लाख, एक हजार लगानी गरे ४५ लाख, २ हजार लगानी गरे ९३ लाख र १० हजार डलर लगानी गरे २० महिनामा ४ करोड रुपैयाँ नेपाली पाइने प्रचार गरिएको छ ।
त्यस्तै विदेशिएका नेपालीहरुले गर्ने अर्को नेटवर्किंग विजनेस हो डिएक्सएन। यो व्यापारमा विशेष गरि एउटा कम्पनीको उत्पादनहरु बिकाउनको लागी गर्ने गरिन्छ । जति धेरै मेम्बर बनाएर सामान बिकाउन सक्यो उति धेरै कमिसन आउने भएकाले टाठाबाठा नेपालीहरुले सोझासाझा नेपालीलाई उक्त कम्पनीको उत्पादन खाए स्वस्थ रहन सकिने भन्दै ” ज्यान भन्दा ठुलो पैसा नरहेको ” भन्दै ईमोसनल ब्ल्याकमेल गरेर मेम्बर बनाई छाड्ने गरेका छन्।
सामान बिकाउदै गएपछि प्वाईन्टको आधारमा आफ्नो र्यान्किंग पनि बढ्ने, कमिसन पनि बढ्ने भएपछी टाठाबाठाले वाककलाको प्रयोग गरि सोझासाझालाई मेम्बर बनौ बनौ लाग्ने बनाउने गरेको मलेशियाको शाहअलाममा रहेको पानासोनिक कम्पनीमा कार्यरत सिन्धुलीका पूर्ण भुजेलले बताए। आफुलाई पनि मेम्बर बन्न धेरै प्रस्ताब आएको तर आफु यस्ता कुराको पछी नलागेको उनले बताए। विशेष गरि भर्खरै नेपाल बाट आएका नयाँ कामदारहरुलाई


