बीरगंज । सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली ल्याएको २७ लाख बढी मूल्य बराबरको समान सहित भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोकाको कमान्डमा खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राईपार्ट सडक खण्डबाट जीजे १५ एक्सएक्स ९९५९ नम्बरको भारतीय ट्रक चेकजाँच गरेको थियो ।

प्रज्ञापन पत्र नभएको तथा बिल विजक नभएको २७ लाख ७५हजार २९ रुपैयाँ मूल्य बराबरको समान बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले बताउनुभयो ।
सशस्त्र प्रहरीले भारतीय ट्रकको २५ लाख मूल्याङ्कन गरी दुवैको ५२ लाख ७५ हजार २९ रुपैयाँ कायम गरेर थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
https://ujyaalonepalnews.com/archives/17979


