रत्ननगरमा एमालेको चुनाब लक्षित घरदैलो कार्यक्रम

0
61

चैत्र ७- रत्ननगरमा एमालेले चुनाब लक्षित घरदैलो अभियान सुरु गरेको छ । स्थानिय चुनाबको मिति नजिकिए संगै एमाले रत्ननगर १६ ले घरदैलो कार्यक्रम सुरु गरेको हो । एमाले वडा कमिटीले वडाका विभिन्न टोलमा घरदैलो अभियान संचालन गर्नुको साथै टोलकमिटिहरु समेत गठन गरेको छ ।

दोबाटो चोकबाट सुरु भएको अभियानमा एमाले जिल्ला कमिटि सदस्य थलकुमारी परियार, वडा कमिटि अध्यक्ष बाबुराम श्रेष्ठ, रत्ननगर १६ चुनाबी उत्प्रेरक संयोजक एवंम् पुर्व जिल्ला अधिवेसन आयोजक कमिटि सदस्य नगेन्द्र उप्रेती, वडाध्यक्ष हेमराज थापा, वडा सदस्यहरु विष्णुप्रसाद रिमाल, पवित्रा गुरुङ, रिता बिक, नगर कमिटि सचिवालय सदस्य सिता नेपाल लगायतका नेता कार्यकर्ता सहभागी भएको एमाले रनापा १६ का उप-सचिव सन्तोष लामाले जानकारी दिए ।

आज हात्तिगाड़े टोलमा टंकनारायण श्रेष्ठको अध्यक्षतामा २२ सदस्यिय  र मुनाल टोलमा सरिता गुरुङको अध्यक्षतामा २० सदस्यिय टोल कमिटि गठन गरेको लामाले बताए । देशका मूल दुई पार्टी एमाले र कांग्रेसले चुनाब केन्द्रित गतिविधिलाई तीव्रता दिएता पनि माओवादी, समाजवादी लगायतका पार्टीहरु भने अलमल मै छन् । माओवादी केन्द्रको नगर कमिटि गठन हुन नसक्दा नेता कार्यकर्ता निराश छन् । आज मात्रै कांग्रेसले चुनाब लक्षित गरेर रत्ननगर नगर कार्यालय उद्घाटन गरेको छ।

 

https://www.ujyaalonepalnews.com/archives/17981

Previous articleश्रम सम्झौता नवीकरण गर्न नेपाल र कतारका श्रम मन्त्री सहमत
Next articleनेता पौडेलद्वारा चर्दीखोला मोटरेबल पुलको शिलान्यास