मालपोत अधिकृत अख्तियारको नियन्त्रणमा

फुङ्लिङ- जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । टोलीले महतलाई सोवाग्राहीबाट लिएको रु एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको हो ।

बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट रु एक लाख ५० हजार रकम लिएको अभियोगमा पनेरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

गत साउन महिनाबाट चलाइएको यस प्रक्रियामा सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा आर्थिक लेनदेन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/19261

Previous articleविदेशबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा श्रम मन्त्रीको छलफल
Next articleवीरगन्ज नाकाबाट नौ महिनामा ६९ अर्बको नेपाली वस्तु निर्यात
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।