उम्मेदवार नै नपाएपछि रत्ननगरमा समाजवादीलाई तनाब

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा नेकपा एकीकृत समाजबादीले दुई वटा वडामा उम्मेदवारी दिन सकेन । अन्य १४ वटा वडामा वडाध्यक्ष सहित वडासदस्यहरुमा उम्मेदवारी दिएको सो पार्टीले वडा नं ४ र वडा नं ५ मा उम्मेदवार नपाएपछि उम्मेदवारी दिन नसकेको हो ।

वडा नं ४ मा ओमलाल सापकोटालाई टिकट दिइएको भएपनि उनी उम्मेदवारी दिन नगएको जनाइएको छ । वडा नं ५ मा झिनो संख्यामा रहेको सो पार्टीले वडाध्यक्ष र वडासदस्यमा उम्मेदवारी दिने मान्छे नपाएको बुझिएको छ ।

गठबन्धनमा वडा बाँडफाँडमा सहमति हुन नसकेपछि सहयात्री दलहरुले छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका थिए । समाजबादीले उपमेयर सहित १४ वटा वडामा उम्मेदवारी दिएको छ ।

https://ujyaalonepalnews.com/archives/19388

Previous articleशिवपुरी राष्ट्रिय निकुञ्जमा यस वर्ष पनि भीषण डढेलो
Next articleगभर्नरको मुद्दा ‘हेर्दाहेर्दै’मा, आज सुनुवाइ हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।