शिवपुरी राष्ट्रिय निकुञ्जमा यस वर्ष पनि भीषण डढेलो

काठमाडौं- उत्तरी काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको वनमा यस वर्ष पनि भीषण डढेलो फैलिएको छ ।

हिजो सल्किएको आगो निभाइएको थियो । तर आज डढेलो फैलिइरहेपछि निभाउनका लागि सुरक्षाकर्मीहरु खटिएका छन् । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जुटिरहेका हुन् ।

डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । स्थलगत रुपमा निभाउन सम्भव नभएपछि हेलिकोप्टरबाट पानी खन्याएर निभाउने प्रयत्न गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/19387

Previous articleकांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्ल निष्कासित
Next articleउम्मेदवार नै नपाएपछि रत्ननगरमा समाजवादीलाई तनाब
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।