पाल्पामा जीप दुर्घटना, एक जनाको मृत्यु, दुई जना घाइते

पाल्पा- सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना परी दुई जना घाइते भएका छन् ।

हिजो बेलुका भएको दुर्घटनामा रामपुर नगरपालिका वडा नं. ३, का ४२ वर्षीय सूर्यप्रसाद श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले दिएको जानकारी अनुसार बुटवलबाट पाल्पाको रामपुरतर्फ जादै गरेको लु १ च ७७८० नम्बरको बलेरो जीपका चालक निस्दी गाउँपालिका वडा नं.४, का २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका वडा नं.३, का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन् ।

घाइते दुवैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप सडकदेखि तीन सय मिटर तल खोलामा खसेको र दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/19782

Previous articleरत्ननगर १६ मा एमालेको विशाल र्याली सहितको घरदैलो कार्यक्रम
Next articleएमालेले मात्रै देशमा स्थिरता दिन सक्छ: अध्यक्ष ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।