प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित बजेट प्रस्तुत गरिएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको  बजेट प्रस्तुत गर्नु भएको हो ।

बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी कृषि, पूर्वाधार, तथा पर्यटन विकासलाई जोड दिएको छ ।  गरिबी न्यूनीकरण, युवा स्वरोजगार, कार्यक्रम साथै एक वडा एक वर्थिङ सेन्टर, एक पालिका एक उत्पादन, कृषि कर्जामा व्याजमा अनुदान, औद्योगिक प्रदर्शनी स्थलको स्थापना, किसानका लागी आयस्तर वृद्धि कार्यक्रम, वोडिङ पम्पसेट, मोटर तथा सौर्य सिचाइको माध्यमबाट  एक वर्षमा ९ हजार ५ सय हेक्टर जग्गामा सिचाई सुविधा पुर्‍याउने जस्ता कार्यक्रमलाई बजेटले सम्बोधन गरेको छ ।

त्यसैगरि बजेट आगामी दुई वर्ष भित्र प्रदेशका सबै नागरिकको घरमा विद्युत् पुर्‍याउने, १ सयभन्दा बढी झुलुंगेपुल निर्माण, श्रमिकको हक हित तथा निजी क्षेत्रमा लगानी बढाउने खालका कार्यक्रमलाई समेत बजेटले समेटेको छ । 

चालु आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षका लागि साढे पाँच अर्ब बढी बजेट प्रस्तुत गरेको प्रदेश सरकार आगामी बजेटमा वन पैदावारको विकास, खेलकुद पूर्वाधार, प्रदेश प्रज्ञा प्रतिष्ठानका स्थापना, पर्यटन प्रवद्र्धनका लागि पर्यटन महाविद्यालय स्थापना, निःशुल्क एम्बुलेन्स सेवा, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम तथा सूचना तथा सञ्चार क्षेत्रको विकासलाई जोड दिएको छ । 

https://ujyaalonepalnews.com/archives/21628

Previous articleमेयर बालेन्द्र शाहले पत्रकारमाथि दुर्व्यवहार गरेकोमा महासंघको ध्यानाकर्षण
Next articleसडक दुर्घटना न्यूनीकरण गर्न प्रदेशमा सवारी परिक्षण कार्यालयको स्थापना गरिने : मन्त्री यादव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।