नारायणी नदिमा चार लेनको पुल बनाउन ठेक्का खुल्दै

३ असार, चितवन । चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमाथि चार लेनको पुल बनाउने गरी ठेक्का खोल्ने तयारी गरिएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले नारायणी नदी माथि चार लेनको पुल डिजाइन एण्ड विल्डका आधारमा बनाउन टेण्डर गर्ने प्रकृयामा रहेको जानकारी दिए ।

चितवनमा भरतपुर महानगरपालिले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भाग लिन आाएका महानिर्देशक थापाले नारायणीको अहिलेको पुल ४० वर्ष पुरानो भएकोले जीर्ण हुँदै गएको हुँदा अर्को पुलको आवश्यकता रहेको बताए ।

डिटेल योजना बनिसकेको सिग्नेचर पुल अहिले भएको पुल नजिकै बन्ने महानिर्देशक थापाले जानकारी दिए । ‘अहिले भएको पुलभन्दा केही तल पुल बन्छ, माथि बनाउन घरहरु भएकोले सम्भव नहोला कि जस्तो देखिन्छ’ थापालेसँग भने, ‘पुलको काम अगाडि बढ्छ ।’

उनले यसको लागतका बारेमा पछि जानकारी गराइने बताए । उनले सडक तथा पुल बनाउन चितवन राष्ट्रिय निकुञ्जले रोकेको आरोप लगाए । त्रिवेणीदेखि ठोरीसम्मको सडक बनाउने भनेर लाग्दा अध्ययन गर्नसमेत नदिएको उनको दावी छ । ‘गोलाघाटमा बन्ने पुलको बातावरणीय अध्ययन गर्न पनि पाइएन्, पछि टेण्डर नै रद्ध गरियो’ महानिर्देशक थापाले भने, ‘पहिला डुंगाबाट सामान ल्याउने लैजाने घोसाराघाटमा पनि बनाउन पाइएन ।’

उनले बन तथा वन्यजन्तुलाई हानी नहुने गरी संरचना निर्माण गर्न भौतिक पूर्वाधार मन्त्रालय र बन तथा बातावरण मन्त्रालयले मापदण्ड बनाएर स्वीकृत भएकाले केही सहज हुन सक्ने बताए ।

https://ujyaalonepalnews.com/archives/21742

Previous articleनारायणगढमा यूवा उद्यमशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
Next articleविदेश पठाइदिने भनी रु २१ लाख ४४ हजार ठगी गर्ने कार्की पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।