रत्ननगरमा खुल्यो आनन्द फुड ल्याण्ड

रत्ननगर,पौष १० रत्ननगरका दुई युवाले रत्ननगरको सौराहाचोकमा आनन्द फुड ल्याण्ड संचालनमा ल्याएका छन् । समाजसेवी तथा किराना ब्यवसायी हरि अधिकारी र फर्निचर ब्यवसायी आनन्द क्षेत्रीको संयुक्त लगानीमा सौराहाचोकमा बिहीबारबाट फुड ल्याण्ड संचालनमा आएको हो । फुड ल्याण्डको रत्ननगर उद्योग वाणीज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले रिवन काटेर उद्घाटन गरे । फुड ल्याण्डको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले ब्यवसायको सफलताको कामन गर्दै फुड ल्याण्डले ग्राहकहरुको मन जित्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै संचालक हरि अधिकारीले फुड ल्याण्डले स्वच्छ,ताजा तथा स्वादिष्ठ खानेकुरामा विशेष ख्याल राख्ने बताए । उनले ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै अगाडी वढ्ने प्रतिवद्धता जनाउदै सवैको साथ र सहयोग रहने विश्वास ब्यक्त गरे । फुड ल्याण्डमा तास,नेपाली खाना सेट,तन्दुरी,नान लगायतका परिकार उपलब्ध हुने अर्का संचालक आनन्द क्षेत्रीले बताए । फुड ल्याण्डमा एकैपटकमा १०० जना भन्दा वढी ग्राहकहरुलाई सेवा दिन सकिने क्षेत्रीको भनाई छ । होटलको क्षेत्रमा ८ वर्षको अनुभव वटुलेका संचालक क्षेत्री र उद्योग वाणिज्य संघका पुर्व कार्यसमिति सदस्य समेत रहेका अधिकारीले फुड ल्याण्डमा पुर्ण पारिवारीक बातावरणमा रमेर स्वादिष्ठ परिकार खान सकिने बताए ।

उद्घाटन कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हरि शरण पाठक, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी, पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, ज्ञान बहादुर बिसुराल,वर्तमान उपाध्यक्ष राममणी थपलिया,कुखुरा ब्यवसायी मञ्च पूर्वी चितवनका अध्यक्ष हरि कृष्ण खनाल, क्षेत्रिय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई, सुमन घिमीरे, रेवान सौराहाका निवर्तमान अध्यक्ष दिपेन्द्र खतिवडा लगाएतको उपस्थिति रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/16923

Previous articleफेरि मुलघरमा केन्द्रित भएर राष्ट्रको नेतृत्व गर्नुपर्छ : प्रचण्ड
Next articleसीपी गजुरेल बोल्दा माओवादी महाधिवेशन हलमा हुटिङ र ताली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।