त्रिकोणात्मक क्रिकेट शृंखलामा शरदको कीर्तिमान

राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले ओमानविरुद्ध कीर्तिमानी ५० रन पूरा गरेका छन्। आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा उनले कीर्तिमान बनाएका हुन्।

घरेलु मैदानमा भएको ओडीआईमा अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। शरदले सो कीर्तिमान ९५ बलको सामना गर्दै पूरा गरेका हुन्।

शरदले ५ चौका मद्दतमा अर्धशतक पूरा गरे। राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का सस्तैमा पवेलियन फर्केपछि शरद तेस्रो नम्बरमा क्रिजमा आएका थिए।

यसअघि नेपालबाट ओडीआईमा कप्तान ज्ञानेन्द मल्ल, पारस खड्का, सोमपाल कामी, रोहित कुमार पौडेल र सुवास खकुरेलले अर्धशतक पूरा गरेका छन्।

कोरोनाभाइरसः १५ देशले दक्षिण कोरियामा लगायो भ्रमण प्रतिबन्ध

Previous articleत्रिकोणात्मक क्रिकेट अपडेटः नेपाल सम्हालियो, २१ ओभरमा ३ विकेट ७१ रन
Next articleनेपाल–ओमान क्रिकेटः तेस्रो विकेटका लागि कीर्तिमानी साझेदारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।