कोरोनाभाइरसः १५ देशले दक्षिण कोरियामा लगायो भ्रमण प्रतिबन्ध

0
27

हालै १४ दिसम्म दक्षिण कोरिया भ्रमण गरेका विदेशी पर्यटकलाई ६ राष्ट्रले भिसा नदिने बताएका छन् भने अन्य९ देशले भ्रमणमा कडाइ गरेको सीएनएनले जनाएको छ।

इजरायल, बहरायन र जोर्डनले कोरिया भ्रमण गर्ने नागरिकमा पूर्ण प्रतिबन्ध लागेको जनाइएको छ।

यस्तै ब्रुनाई, बेलायत, तुर्केमिनिस्तान, काजकिस्तान, मकाउ, ओमान, इथियोपिया, युगान्डा र कतारले दक्षिण कोरिया भ्रमण गरेका पर्यटकलाई भिसा दिनमा कडाइ गरेको छ।

दक्षिण कोरियामा हालसम्म ७ सय ६३ जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ मृतकको संख्या ७ पुगेको छ।

कोरियामा दोब्बरले संक्रमितको संख्या बढ्दै गएपछि त्रास फैलिएको छ।

चीनको वुहानबाट उत्पन्न भएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या ७९ हजार नाघेको छ।

सोमबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७९ हजार १ सय ४० पुगेको हो। जसमध्ये चीनमा मात्रै ७६ हजार ९ सय ३६ जना संक्रमित भएका हुन्।

यसैगरी अहिलेसम्म उक्त भाइरसको संक्रमणबाट विश्वभर २ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म चीनमा मात्रै २ हजार ४ सय ४२ जनाको मृत्यु भएको हो। चीनबाहिर २६ जनाको मृत्यु भएको छ।

बुढीगण्डकी जलविद्युत् आयोजनाः जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने

Previous articleसिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमण गर्ने समूहलाई ज्यान मार्ने उद्योग मुद्दा
Next articleमाथिल्लो तामाकोशी आयोजनाको काममा ढिलाइ, लागत ७५ अर्ब माथि