खातामा पैसा नभएको चेक दिएर ठगी गरी झाडीमा लुकेकी महिला पक्राउ

खातामा पर्याप्त रकम नहुँदा पनि चेक दिएर बाउन्स भएपछि फरार रहेकी एक अभियुक्तलाई घर नजिकैको झाडीमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि तीन लाख रुपैयाँको चेक दिई चेक बाउन्स भएपछि उजुरी परेको आधारमा प्रहरीले ती अभियुक्तको खोजी गरेको थियो।

पीडित पक्षको उजुरीपछि कास्की प्रहरीले बागलुङको ताराखोला गाउँपालिका-१ स्थायी घर भइ पोखरा महानगरपालिका-२ मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई कास्कीकै अन्नपूर्ण गाउँपालिका-८ वीरेठाँटीस्थित नियालो घारीमा लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो। पुनलाई उच्च अदालत पोखराबाट बैंकिङ कसुर मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रकृया अगाडि कास्की प्रहरीले जनाएको छ ।

उनले विभिन्न व्यक्तिहरूलाई बेलायत पठाइदिने भन्दै रकम लिएर ठगी गरेको समाचार आएको थियो। प्रहरीले पीडितहरुलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सम्पर्क राख्न पनि भनेको छ।

https://ujyaalonepalnews.com/archives/23674

Previous articleछ महीने छोरीको ह’त्या गरि चर्पीको खाल्डोमा फालेर परपुरुष सँग भागेकी महिला पक्राउ
Next articleमुख्यमन्त्रीको रवैयाका कारण प्रदेश १ को नामाकरण हुन सकेन : सेरधन राई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।