आँखै अगाडी आक्रमण गर्दा पनि प्रहरीले केहि गरेन, राज्यनै मेरो विरुद्ध लाग्योः रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का प्रतिनिधि सभा सदस्यका उमेदवार रवि लामिछानेले चितवन प्रहरीले सुरक्षा दिन नसकेको गुनासो गरेका छन् ।

आफ्नो पार्टीको प्रचारमा प्रयोग भएको गाडीमा आज इच्छाकामनामा तोडफोड भएपछि उनले प्रहरीले सुरक्षा दिन नसकेको गुनासो गरेका हुन् ।

प्रहरी र म्यादी प्रहरीकै अगाडि आफ्नो चुनाव प्रचारको गाडीमा आक्रमण भएको भन्दै उनले राज्य नै आफुमाथिको आक्रमणमा लागेको अनुभूति भएको बताए ।

‘यो कायरता हो । कायरताबाट बाहिर आएर स्वस्थ प्रतिस्पर्धा गरौँ । यो गुण्डागर्दी तुरुन्त बन्द गर्नुपर्‍यो’, रविले भनेका छन् । बीच सडकमा आफ्नो टिममाथि आक्रमण भएको भन्दै उनले स्थानीय प्रशासनले व्यवस्था गरेको सुरक्षामाथि प्रश्न गरेका छन् । साथै उनले गुण्डागर्दीका बलमा चुनाव जित्ने चेष्टा नगर्न चेतावनी पनि दिएका छन् ।

@ujyaalonepal रवि लामिछानेको गाडी माथि चितवनमा तोडफोड #rabilamichhane #rabilamichhanesupporter ♬ original sound – Ujyaalo Nepal

https://ujyaalonepalnews.com/archives/24933

Previous articleचुनावी आम सभालाई सम्बोधन गर्न ओली भाेलि चितवन आउने
Next articleसञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार परिचयपत्र अब नागरिक एपमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।