निराजन घिमिरे, २८ पौष, चितवन- चितवनको रत्ननगर १६ मा रहेको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाको उन्नाईसौं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सोहि वडाको भद्रकाली मन्दिर परिसरमा सभा सम्पन्न भएको हो । वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाल र भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रका अधिकृत दिपचन्द्र घिमिरे विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।

कार्यक्रममा वडा सदस्यहरु चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, एकिकृत कृषक बचत तथा ऋण सहकारीका अध्यक्ष बिष्णु प्रसाद अर्याल, पिठुवा दुग्ध सहकारीका अध्यक्ष बद्रिप्रसाद अर्याल, सातकन्या सामुदायिक वनका अध्यक्ष रामहरी पनेरु, सातकन्या खानेपानीका अध्यक्ष लेखबहादुर भण्डारी, भद्रकाली मन्दिर संरक्षण समितिका अध्यक्ष निराजन घिमिरे, पशुपंक्षी सेवा कार्यालयका प्रमुख सुन्दर बस्नेत लगायत अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले सरकारले कृषकहरुलाई कृषक परिचय पत्र जारी गरेर त्यसको आधारमा सेवा सुविधा दिनुपर्नेमा जोड दिए ।

त्यस्तै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष हेमराज थापाले आफुपनि कृषक नै भएको उल्लेख गर्दै सहकारीलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्न आफु सदैव तयार रहेकोबताए । किसानका मुहारमा खुसी छर्न तिनै तहका सरकार लाग्नुपर्ने बताउँदै थापाले आफु सधैं किसानको समस्या प्रति संवेदनशील रहेको बताए । सहकारी भवनको कम्पाउण्ड व्यवस्थित गर्न वडा कार्यालयको तर्फबाट बजेटको व्यवस्थागर्ने उनको भनाई छ । शुभकामना मन्तव्य व्यक्त गर्दै पिठुवा दुग्ध उत्पादक सहकारीका अध्यक्ष बद्रि अर्यालले पशुपालन जस्तोसुकै विषम परिस्थितिमा पनि अर्थ आर्जन गर्ने भरपर्दो श्रोत रहेको बताए ।

संस्थाका अध्यक्ष युवराज थापाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका लेखा समिति संयोजक शिव प्रसाद पुडासैनिले संस्थाको निती कार्यक्रम तथा लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको नीति तथा कार्यक्रममा कृषकहरुको पशुको कम्तीमा वर्षको २ पटक निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गर्ने, शेयर सदस्यहरुलाई अवलोकन भ्रमणको व्यवस्था मिलाउने, संस्थाको कार्यक्षेत्र विस्तार गर्ने, शेयर सदस्यको निधन भएको अवस्थामा (आत्महत्या बाहेक) परिवारलाई १५ हजार अनुदान उपलब्ध गराउने, लगायत कार्यक्रम समेटिएका छन् ।

कार्यक्रममा १ बर्षको अवधिमा सबैभन्दा धेरै दुध बिक्रि गर्ने, गुणस्तरीय दुध बिक्रि गर्ने र सफा दुध विक्री गर्ने २० जना कृषकहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको छ । सम्मानित हुने कृषकहरुमा युवराज थापा, देजिव थापा, चन्द्र गुरुङ, वुद्धिबहादुर थापा, खमबिर बहादुर ढकाल, विष्णु गुरुङ लगायत रहेका छन् । संस्थामा वर्षैभरी गुणस्तरीय दुध विक्री गर्ने राजु मगरलाई पनि पुरस्कृत गरिएको छ । सबैभन्दा धेरै दुध विक्री गर्नेमा तेश्रो भएका मुनालटोलका चन्द्र गुरुङ भारतीय सेनाबाट अवकास प्राप्त गरि पशुपालनमा लागेका कृषक हुन् ।

सभामा कृषकसंगै संस्थाका पुर्व अध्यक्षहरु रामहरी पनेरु, दिलबहादुर थापा, हरि प्रसाद घिमिरे र विष्णुप्रसाद अर्याललाई पनि सम्मान गरिएको थियो। संस्थाले आफ्ना शेयर धनीहरुलाई गत वर्षको आम्दानी बाट ९.५ पतिशतको दरले नगद लाभांस समेत वितरण गरेको छ । कार्यक्रममा संस्थाका सल्लहाकार समिति संयोजक विष्णुप्रसाद अर्यालले अतिथि तथा सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संस्थाका लेखा समिति सदस्य अनुप बुढाथोकीले संचालन गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/25703


