जंगली हात्तीको आक्रमणबाट चितवनमा विदेशी पर्यटकको मृत्यु

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबार जंगली हात्तीको आक्रमणबाट एकजना विदेशी पर्यटकको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको बछौली हात्तीसार नजिकको जंगलमा हात्तीले आक्रमण गर्दा अन्दाजी ३१ बर्षको विदेशी पर्यटकको मृत्यू भएको हो ।

घटना स्थलमै मृत्यु भएका उनको नाम र देश अझै खुल्न नसकेको निकुञ्जका सौराहा सेक्टर प्रमुख शरदमणि पौडेलले जानकारी दिए ।

चालू आबको छ महिनामा चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ८ जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/26549

Previous articleपिठुवाका २०० विद्यार्थीलाई ट्राफिक नियम र लागूऔषध न्यूनिकरण सम्वन्धी सचेतना
Next articleऋण भाखा नाघेको ३० दिनभित्र भुक्तानी गरे जरिवाना नलाग्ने, अरु केके छ व्यवस्था?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।