एकै दिन ५५ छोरीको बीमा

लहान / प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ को बीमा गरिएको छ ।

विसं २०७५ माघ २ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बीमा सप्ताह शिविरको पहिलो दिन बिहीबार मात्रै ५५ को बीमा गरिएको जनाइएको छ । नगरपालिकास्थित रेड्क्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि बीमा गराउन छोरीलाई काखामा च्यापेर शिविरस्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिनुभयो ।

शिविरको प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले उद्घाटन गर्नुभएको थियो । छोरा र छोरीबीच हुने विभेद्लाई अन्त्य गर्दै छोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले सञ्चालित छोरी बीमा सप्ताह शिविरमा विसं २०७५ साल माघ २ गतेपछि प्रदेशमा जन्मेकी सबै छोरीहरुको सबै कागजाती पूरा गरी शिविरमै बीमा गरिने जनाइएको छ ।

The post एकै दिन ५५ छोरीको बीमा appeared first on Purbeli News.

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट

Previous articleलागुऔषधसहित एकै दिन आठ जना पक्राउ
Next articleअधिकांश प्रदेशमा भोलि सार्वजनिक बिदा, सातमध्ये पाँच प्रदेशमा कहाँ–कहाँ बिदा ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।