दार्चुला पहिरो: महाकाली राजमार्ग अवरुद्व

दार्चुला- वर्षाका कारण पहिरो खस्दा दार्चुलामा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको दार्चुला-गोकुलेश्वर सडकखण्डको महाकाली नगरपालिका-८ स्थित असिगाडामा हिलोसहितको पहिरो खस्दा अवरुद्ध भएको हो ।

गएरातीको वर्षाले सडक माथिबाट पहिरो खस्दा आज बिहानैदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन ठप्प भएका छन् । अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28521

Previous articleलमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प
Next articleगोरखा दूर्घटना अपडेटः मृतक पाँचैजनाको सनाखत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।