सुर्खेत: २०७४ पुस ३० गते जाजरकोट भेरी नगरपालिका–६ सिस्नेका काले कामीले र’क्सी खाएर श्रीमती भद्रकला कामीलाई तथानाम गा’ली गरिरहेका थिए। उनी प्रायः दिनहुँ र’क्सी खान्थे। तर, त्यस दिन भद्रकलालाई साँझ मा’रिदिने भन्दै उफ्रिरहेका थिए। घरमा अरू बेला पनि झ’गडा त हुन्थ्यो, तर त्यो दिनको झ’गडाले काले कामीले ज्यानै गु’माउनु पर्यो।
र’क्सीको मा’तमा मार्छु भन्दै उफ्रिएका श्रीमान्को डरले भद्रकला दिउँसो छिमेकीको घरमा गएर लुकिन्। साँझ ‘अब त र’क्सीले छोड्यो होला’ भन्ने सोचेर घर फर्किइन् उनी। तर श्रीमान् त दाउरा समातेर मारि’दिन्छु भन्दै नजिक आए। अनि दाउरा खोस्दै भद्रकलाले ‘आफैँ र’क्सी खाने, आफैँ मलाई मा’र्ने’ भन्दै श्रीमान्को कञ्चटमा हि’र्काइन्। काले भुईँमा ब’जारिए। भद्रकलाले त्यहीँ गएर फेरि हि’र्काइन्।

काले बे’होस अवस्थामै भएको बेला भद्रकला र उनका छोराले उठाएर कोठामा लगी सुताए। राति फेरि आ’क्रमण गर्न सक्ने भन्दै भद्रकला र उनका छोराहरू छिमेकीको घरमा गएर बसे। भोलिपल्ट बिहान भद्रकला र उनका छोराहरू घर आउँदा काले मृ’त अवस्थामा भेटिए।
भद्रकला र छोराहरूलाई आफूहरू फ’सौँला भन्ने ड’र भयो। उनीहरू त्यस दिन दिनभर शवलाई कोठामै राखे। अ’ध्यारो हुन थालेपछि शवलाई डोरीले बाँ’धेर भद्रकलासहित उनका माइला, साइँला र कान्छा छोराले घरबाट उत्तरतर्फ रहेको चर्पीको ट्याङ्कीमा ढुङ्गा माटोले पुरे। जेठो छोरा सदरमुकाम खलङ्गा बसेर काम गर्थे। उनलाई ‘बुवा भारतको कालापहाड गए’ भनेर भन्ने सल्लाह गरेर आमा-छोराले सत्य कुरा गुपचु’प राखे।
‘यो घटनाको मुख्य कारण मदि’रा नै हो। श्रीमान्ले मा’र्छु भनेर ल्याएको दाउरा खोसेर श्रीमतीले उल्टै कञ्चटमा हा’नेको रहिछिन्। कालेको मृ’त्यु भइसकेको थाहा पाएपछि आमा र तीन छोराहरू मिलेर गु’पचुप बनाइएको रहेछ’, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डीएसपी) सन्तोश निरौलाले भने, ‘जेठो छोरा सदरमुकामतिरै काम गर्ने भएकोले उसलाई कुनै जानकारी भएनछ। ऊ घर आएको बेला “बुवा खोई?” भन्दा “कालापहाड गएका छन्, फोन पनि गर्दैनन्” भन्दा रहेछन्।’
घटना शं’कास्पद छ भनेर प्रहरीलाई गो’प्य सूचना आएपछि मात्रै पाँच वर्ष पुरानो घ’टनाको तथ्य बाहिर आएको डीएसपी निरौलाले बताए। ‘गाउँबाटै शं’कास्पद कुरा छ भनेर गो’प्य सूचना आएपछि मङ्गलबार हामी त्यहाँ पुगेर चेकजाँच गर्दा ट्वाइलेटमा मानव अवशेषहरू भेटिए’, उनले भने, ‘ट्वाइलेटको एक पोइन्ट १० मिटर तल खन्दा दाँत सहितको टाउको र अझ गहिरो खन्दा ह’ड्डी भेटियो, प्लास्टिकको डोरीले बाँ’धेको ज्याकेट भेटियो।’
ह’त्या अभियोगमा उनका छोराहरू तुल्सीराम विक र गोविन्द विक पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी निरौलाले जानकारी दिए। उनका अनुसार घटनाको बारेमा आवश्यक थप अनुसन्धान गर्न भद्रकला र तुल्सीराम विकलाई पक्राउ गरी पाँच दिनको म्याद थपिएको छ।
https://ujyaalonepalnews.com/archives/26193


