गोरखा दूर्घटना अपडेटः मृतक पाँचैजनाको सनाखत

गोरखा- गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृतक पाँचैजनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा शहीद लखन गाउँपालिका५ पोखरीडाँडाका २५ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १८ वर्षीय निरज थापा, १७ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापा रहेका छन् ।

शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीहरुमध्ये प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा आज बिहान दुर्घटना भएको थियो ।

जिपमा १९ जना सवार थिए । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना सकुशल छन् । गम्भीर घाइते शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य ११ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/28522

Previous articleदार्चुला पहिरो: महाकाली राजमार्ग अवरुद्व
Next articleगैँडाकोटबाट बेपत्ता भएकी ३७ वर्षीय तारादेवी मृत अवस्थामा फेला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।