Home Uncategorized गैँडाकोटबाट बेपत्ता भएकी ३७ वर्षीय तारादेवी मृत अवस्थामा फेला

गैँडाकोटबाट बेपत्ता भएकी ३७ वर्षीय तारादेवी मृत अवस्थामा फेला

चितवन, असार ८–न वलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोटबाट बेपत्ता भएकी ३७ वर्षीय तारादेवी पौडल पराजुली मृत अवस्थामा फेला परेकी छन् । असार ६ गते राति अन्दाजी १२ बजेदेखि घरबाटै बेपत्ता भएकी पौडलको शव हिजो साँझ नारायणी नदीमा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार गैँडाकोट नगरपालिका–५ स्थित नारायणी एडभेन्चर रिसोर्ट नजिकै नारायणी नदी किनारमा उनको शव भेटिएको हो । पौडेलले किन आत्महत्याको बाटो रोजिन् भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

उनको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतक पौडलका श्रीमान, एकछोरा र एक छोरी रहेका छन् । उनको मृत्युले परिवारमा सन्नाटा छाएको छ । गैँडाकोट नगरपालिका–४ सहजचोक बस्दै आएको पौडल परिवारले स्टेशनरी व्यवसाय गर्दै आएको छ । मृतकका श्रीमान ख्यामनारायण पराजुली नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष हुन् ।

https://ujyaalonepalnews.com/archives/28525

Previous articleगोरखा दूर्घटना अपडेटः मृतक पाँचैजनाको सनाखत
Next articleबिहे गरेको छ महिना सम्म संगै नसुतेपछी; श्रीमती पनि पुरुष भएको खुलासा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।