अक्सिडेन्टल पब्लिक स्कुलमा वार्षिक खेलकुद प्रतियोगिता

अक्सिडेन्टल पब्लिक स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएकाे छ। ज्ञानेश्वर स्थित सानो गौचरणमा भएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक टेक बहादुर पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिमसिनाले दक्षिण एसियामा नेपालले खेलकुदको क्षेत्रमा चुनौती प्रस्तुत गरेको कुरा उल्लेख गर्दै विद्यालय नै खेलकुदको आधारभूमि भएको स्पष्ट पारे। शिक्षा राजनीति तथा अन्य क्षेत्रमा खेलकुद अनिवार्य भएको स्वीकार्दै नेपालमा प्रत्येक २ वा ४ वर्षमा आयोजना गरिने राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता उदाहरणीय रहेको पनि उनले दाबी गरे।

DSC_0062.jpg

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका निर्देशक डी.बी निरौलाले विद्यार्थीहरुको चौतर्फी विकासका लागि यस्तो खेलकुदको आयोजना प्रत्येक वर्ष विद्यालयले गर्दै आएको बताए। कक्षा कोठाको सीमित ज्ञान भन्दा यस्तो कार्यक्रमले नै विद्यार्थीको मानसिक तथा शारीरिक विकास छिटो हुने प्रधानअध्यापक पौडेलले बताए।

फुटबल, क्रिकेट, कराते, दौड, खो.खो, कपर्दी, बासकेटबल, चम्चा रेस, रस्सी तानातान जस्ता रोचक खेल प्रस्तुत गर्दै विजेता टिम तथा विद्यार्थीलाई मेडल, ट्रफी, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो।

सागका पदक विजेताका लागि प्रस्तावित पुरस्कार अनुमोदन

Previous articleसशस्त्र प्रहरीद्वारा अवैध सामानसहित मोटरसाइकल बरामद
Next articleअभिनेत्री महिमा सिलवाल र उनकी बहिनीकाे सवारी दुर्घटनामा मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।