अभिनेत्री महिमा सिलवाल र उनकी बहिनीकाे सवारी दुर्घटनामा मृत्यु

काठमाडौं / अभिनेत्री महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

काठमाडौंबाट चितवन जानेक्रममा दिदिबहिनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका २, चाम्बासमा बुधबार साँझ ठक्कर दिएको र उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगर स्थायी घर भएकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् । प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिइ कारबाही चलाएको जनाएको छ ।

The post अभिनेत्री महिमा सिलवाल र उनकी बहिनीकाे सवारी दुर्घटनामा मृत्यु appeared first on Purbeli News.

एपिएफ सेमिफाइनलमा

Previous articleअक्सिडेन्टल पब्लिक स्कुलमा वार्षिक खेलकुद प्रतियोगिता
Next articleझुप्री भण्डारीको ‘सम्झी रुना रुना’ (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।