
सुनसरी र मोरङका २ स्थानमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।
आइतबार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.७ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको इनरुवा नगरपालिका-६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिँदा घाईते भएकी स्थानीय ४८ वर्षीया मोनीमाया गिरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा बेलुका सवा ७ बजे मृत्यु भएको हो।
ठक्कर दिने ट्याङकर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ। यसैगरी मोरङको बेलवारी नगरपालिका-९ मा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ।
आइतबार राति साँढे ८ बजेको समयमा बेलवारी-९ नलवारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे.८प ५२२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक बेलवारी नगरपालिका-१० का २८ वर्षीय तेज बहादुर धिमालको बि.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।


