सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ: उपप्रम श्रेष्ठ

Date:

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताउनुभएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको आधारभूत सरसफाइ तथा स्वच्छतासम्बन्धी दशदिने तालिमको समापन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सरसफाइ मानवीय जीवनको महत्वपूर्ण कार्य भएकाले सबैले यो काम सिक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरसफाइ गर्ने मानिस साना हुन्छन् या सानाले मात्रै सरसफाइको काम गर्नुपर्छ भन्ने हुँदैन, यो गलत सोच हो ।” नेपाली समाजमा सरसफाइकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेको र यसलाई परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री श्रेष्ठले सरसफाइको काम सबैले सिक्नुपर्ने भन्दै मन्त्रालयमा आयोजित सरसफाइसम्बन्धी उक्त तालिममा आफू पनि सहभागी हुने इच्छा रहेको भए पनि कार्यव्यस्तताका कारण सहभागी हुन नसकेको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले हरेक व्यक्तिले धेरै थोरै जति भए पनि शारीरिक श्रम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “आजकल आधुनिक तथा सम्पन्न परिवारका मानिस शारीरिक श्रम गरे सानो मान्छे भइन्छ भन्ने गलत चिन्तनको विकास भएको छ, यस्तो संस्कार बस्यो भने भोलिको पुस्ताले पनि दुःख पाउँछ, घरको कोठा, बगैँचा, आफूले खाना खाएका भाँडा सफा गर्ने आदिजस्ता केही न केही श्रममा अहिलेदेखि नै बालबालिकालाई लगाउनुपर्छ ।”

कुनै पनि काम सानो या ठूलो नहुने भन्दै मन्त्री श्रेष्ठले सरसफाइकर्मीले आफैँले आफू सानो मान्छे हुँ भन्ने सोच पनि राख्न नहुने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानलाई नेपाल सरकारको नीति तथा कार्यक्रममा समेटी सरसफाइसम्बन्धी नीति निर्माण गरेको हो । सोही नीतिबमोजिम अहिले सरकारी क्षेत्र निकायका सफाइकर्मीलाई तालिम प्रदान गरिन थालिएको छ ।

सो कार्यक्रममा प्रधानमन्त्री दाहालका जनस्वास्थ्य तथा सरसफाइविज्ञ खेम शर्माले आफूले दश दिनसम्म तालिममा सिकेका कुराहरुलाई अक्षरस व्यवहारमा लागू गरी आफू खटिएका कार्यालय तथा बस्ने स्थानहरुलाई सधैँ सफा राख्न उक्त तालिम लिएका सरसफाइकर्मीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरसफाइ हाम्रो अभियानमात्र होइन अङ्ग नै हो, त्यसैले आफूले सिकेको सीप र ज्ञानलाई व्यवहारमा लागू गर्नुहोला ।” उहाँले प्रधानमन्त्री ‘दाहाल’ ले अघि सार्नुभएको ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानअन्तर्गत सरकारका विभिन्न निकायले यससम्बन्धी निर्देशिका निर्माण गरिरहेका र पछिल्लो समय विभिन्न मन्त्रालयले सुरु गरेको सरसफाइसम्बन्धी तालिमले ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियान सफल हुने धारणा राख्नुभयो ।

उक्त समापन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पठाउनुभएको सरसफाइसम्बन्धी शुभकामना सन्देश पढेर सुनाइएको थियो । गृह मन्त्रालयद्वारा सञ्चालित यस तालिममा यस मन्त्रालयका ५६ जना सफाइकर्मीको सहभागिता थियो ।

https://ujyaalonepalnews.com/archives/28873

उज्यालो नेपाल न्युज डेस्क
उज्यालो नेपाल न्युज डेस्कhttps://ujyaalonepalnews.com
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

Subscribe

spot_imgspot_img

Popular

More like this
Related

रत्ननगरमा घरमा रङ लगाउने क्रममा लडेर घाइते भएका व्यक्तिको उपचारकै क्रममा मृत्यु

उज्यालो नेपाल- चितवनको रत्ननगर नगरपालिका–२ टाँडीमा घरमा रङ लगाउने...

पिठुवा सिँचाइलाई नयाँ हाइड्रोलिक एक्साभेटर हस्तान्तरण

चितवन, असार ३० — साबिक पिठुवा गाविस तथा हाल...

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, भयो सफल शल्यक्रिया

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ।...

‘अघोरी’ लघुकथा सङ्ग्रहमा समकालीन यथार्थ र वैचारिक चेत: एक गहन विश्लेषण

साहित्यकार रामबाबु घिमिरेको विस्तृत परिचय, 'अघोरी' लघुकथा सङ्ग्रहको गहन...