आफ्नै धन्सारले पुरिएर एक महिलाको मृत्यू

गोरखा- आफ्नै धन्सार भत्किएर पुरिँदा गोरखामा एक महिलाको मृत्यू भएको छ । गण्डकी गाउँपालिका ४ पाटापाटीकी ४१ बर्षीया मीना बरामको आफ्नै धन्सार भत्किँदा चेपिएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही धन्सारले चेपिएर छिमेकी रामकृष्ण बराम गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घटनामा मृतक मीना बरामका श्रीमान जंगबहादुर बराम र छोरा सुजन बराम सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28877

Previous articleमन्त्रिपरिषद् बैठकका निर्णय
Next articleतनहुँमा एभोकाडोको व्यावसायिक खेती
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।