लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ५ गहतेमा सञ्चालन गरिएको गहते कालिका रनिङ कप खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको पुरुषतर्फको पहिलो पुरस्कार सिद्धार्थ युवा क्लब सुन्दरबजार नगरपालिका– ६, ले जितेको छ ।
प्रतियोगिताको बिहीबार सम्पन्न पुरुषतर्फको फाइनल खेल साँरतेदेवी युवा क्लबले र सिद्धार्थ युवा क्लब खहरेका बीचमा भएको थियो । जसमा ५– ३– गोल अन्तरले साँरतेदेवी युवा क्लब विजयी भयो । पहिलो उपाधीका साथमा सो टिमले एकलाख नगद रनिङ कप मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै, दोस्रो हुने टिमलाई ५० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका कोषाध्यक्ष बुद्धि आलेले बताए ।
उनका अनुसार सेभेन ए साइजमा सञ्चालित सो प्रतियोगितामा सर्वाधिक गोलकर्तामा विजयी टिमका गोरे गुरुङ भएका छन् । उनले खेल अवधिभर आठ गोल गरेको आयोजकको भनाई छ । साथै उत्कृष्ठ खेलाडीमा पहिलो उपाधि विजेता क्लबका सुमित श्रेष्ठ भएका छन् उनीहरू दुवैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएकोे छ ।
यसैगरी, महिलातर्फको फाइनल खेलमा पहिलो उपाधि आयोजक टिम कालिका युवा क्लबले जितेको छ । आयोजक टिम र ॐसिद्धार्थ तमु युवा क्लब चिसापानीको आयोजनामा भएको उक्त खेलमा ३– ० गोलले जीत हार भएको आयोजकको भनाई छ ।
महिलातर्फको खेलमा पुरस्कार स्वरुप पहिलो हुने टिमलाई १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने टिमलाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
विजयी खेलाडीलाई सोही वडाका अध्यक्ष ललित गुरुङ तथा वडासदस्य श्री कृष्ण कोइराला आयोजक क्लबका संस्थापक कोषाध्यक्ष सूर्यकुमार गुरुङले संयुत्तल रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
उक्त समापन कार्यक्रम आयोजक क्लबका संयोजक पालबहादुर गुरुङको सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालक आयोजक क्लबका कोषाध्यक्ष बुद्धिलाल आलेले गरेका थिए । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ १६ टिम र महिलातर्फ तीन टिमले भाग लिएका थिए । फोटा छन् ।
The post फुटबलको उपाधि सराँते युवा क्लबलाई appeared first on Rajdhani Daily News.