मेडिकल व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग गर्ने पक्राउ

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

फिरौती लिन आएको अवस्थामा खोटाङ घर भई काठमाडौँको चुनदेवी बस्ने रमेशकुमार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो ।

अपहरण तथा शरीर बन्धक मुद्दामा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि गुरुङलाई आजै प्रहरी वृत महाराजगञ्ज पठाइएको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

उहाँले असार १३ गते प्रवेश लामाको नामबाट फोन गरी ‘हत्या गर्नका लागि योजना बनिसकेको, यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ, डिमान्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न सक्छ’ भनी फोन तथा पटकपटक एसएसमएस गरी रु ३० करोड रकम माग गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/29183

Previous articleपेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न
Next articleपार्टीभित्र मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक छ: अध्यक्ष ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।