घरमा आगो लाग्दा बहिनीलाई बचाए यी ५ वर्षे बालकले

कोठामा आगलागी हुन थालेको थियो। ढोकामा जाने बाटो थिएन। कोठाभित्र मात्र तीन प्राणी थिए– पाँच वर्षीय बालक, उनकी दुई वर्षीया बहिनी र एउटा कुकुरको छाउरो।

बालक निद्राबाट ब्युँझिए। झ्यालतिर भाग्ने ठाउँ मात्रै खुला थियो। ती पाँच वर्षीय बालकले बहिनीलाई उठाए, बोकेर झ्यालबाट बाहिर राखे। त्यसपछि कुकुरको छाउरोलाई पनि झ्यालबाट बाहिर निकाले।

त्यसपछि अर्को कोठामा सुतिरहेका आफ्ना काका र परिवारका अन्य सदस्यलाई उठाए।

ती बालक हुन्, अमेरिकाकाको जर्जिया राज्यस्थित बार्तो काउन्टीका नोआ वुड्स। उनलाई आगोले पोलेर सामान्य चोट लागेको छ।

आफू र परिवारका सात सदस्यको ज्यान बचाएको भन्दै नोआलाई मानार्थ अग्निनियन्त्रकको उपाधि दिइएको छ। एजेन्सी

मन्दिर निर्माण समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

Previous articleधनुषा विस्फाेटका याेजनाकार विप्लव नेता धानुक पक्राउ
Next articleडेंगीले झस्किएका खरिपाटीबासी क्वारेन्टाइन राख्दा त्रसित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।