राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्र राष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

The post राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट appeared first on Koshi Online.

साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्छ : पौडेल

Previous articleविमानस्थलमा गायिका आस्था राउतले के गरिन् ? बाहिरियाे यस्ताे भिडियाे
Next articleकाठमाडौंमा खुल्यो अष्ट्रेलियन शिक्षा सूचना केन्द्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।