लमजुङमा रग्वी संघ गठन

लमजुङ । लमजुङमा नेपाल रग्वी संघ जिल्ला समिति गठन भएको छ । खेलाडीहरूको एक भेलाले प्रेम तामाङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको जिल्ला खेलकुद विकास समितिले बताएको छ ।

खेलाडीहरूको भेलाले प्रेम तामाङको अध्यक्षतामा रग्वी संघको जिल्ला समिति गठन गरेको जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख पुर्णप्रसाद अधिकारीले बताए । उनका अनुसार समितिको उपाध्यक्षमा सन्तोष गुरुङ, सचिवमा अनिल थापामगर, सहसचिवमा शान्ति श्रेष्ठ र कोषाध्यक्षमा सोनिल तामाङ चयन भएका छन् ।

समितिको सदस्यमा प्रमोद गुरुङ, एल्वीस श्रेष्ठ, देवेन्द्र गुरुङ र ज्योति तामाङलाई चयन भएका छन् । त्यसैगरी, संघको केन्द्रीय प्रतिनिधिमा प्रेम तामाङ चयन भएका छन् । लमजुङमा यसअघि फुटवल संघ, भलिबल संघ, व्याडमिन्टन संघ, बुद्धिचाल संघ लगायत संघसंस्थाहरू गठन भइसकेका छन् । रग्वी खेल अहिलेसम्म लमजुङमा सञ्चालन नभइरहेको अवस्थामा रग्वी संघको जिल्ला समिति गठन भएपछि जिल्लामा रग्वी खेलको विकास हुनेमा खेलाडीहरूले विश्वास व्यक्त गरेका छन् ।

The post लमजुङमा रग्वी संघ गठन appeared first on Rajdhani Daily News.

लुम्बिनीको विश्व शान्ति दीप अगाडि कृषि विकास बैङ्कको एटिएम 

Previous articleपौडी खेल्न गएका बालकको नदीमा डुबेर मृत्यु
Next articleजंगलमा महिलालाई एक्लै फेला पारेपछि बलात्कार गर्न खोज्ने पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।