
लमजुङ । लमजुङमा नेपाल रग्वी संघ जिल्ला समिति गठन भएको छ । खेलाडीहरूको एक भेलाले प्रेम तामाङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको जिल्ला खेलकुद विकास समितिले बताएको छ ।
खेलाडीहरूको भेलाले प्रेम तामाङको अध्यक्षतामा रग्वी संघको जिल्ला समिति गठन गरेको जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख पुर्णप्रसाद अधिकारीले बताए । उनका अनुसार समितिको उपाध्यक्षमा सन्तोष गुरुङ, सचिवमा अनिल थापामगर, सहसचिवमा शान्ति श्रेष्ठ र कोषाध्यक्षमा सोनिल तामाङ चयन भएका छन् ।
समितिको सदस्यमा प्रमोद गुरुङ, एल्वीस श्रेष्ठ, देवेन्द्र गुरुङ र ज्योति तामाङलाई चयन भएका छन् । त्यसैगरी, संघको केन्द्रीय प्रतिनिधिमा प्रेम तामाङ चयन भएका छन् । लमजुङमा यसअघि फुटवल संघ, भलिबल संघ, व्याडमिन्टन संघ, बुद्धिचाल संघ लगायत संघसंस्थाहरू गठन भइसकेका छन् । रग्वी खेल अहिलेसम्म लमजुङमा सञ्चालन नभइरहेको अवस्थामा रग्वी संघको जिल्ला समिति गठन भएपछि जिल्लामा रग्वी खेलको विकास हुनेमा खेलाडीहरूले विश्वास व्यक्त गरेका छन् ।
The post लमजुङमा रग्वी संघ गठन appeared first on Rajdhani Daily News.

