Home Uncategorized खेलाडी संघलाई वार्षिक एक लाख सहयोग गर्ने कुमार कार्कीको घोषणा

खेलाडी संघलाई वार्षिक एक लाख सहयोग गर्ने कुमार कार्कीको घोषणा

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाबीच शुक्रबार आर्थिक सहयोग सम्वन्धी सम्झौता भएको छ। संघका अध्यक्ष दीपक श्रेष्ठ र एभरेष्ट वल्र्डकातर्फबाट नेपाल च्याप्टरका उपाध्यक्ष बलराम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पूर्व महासचिव एवं एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाका संस्थापक कुमार कार्कीले ब्यक्तिगत रुपमा संस्था मार्फत खेलाडी संघलाई वार्षिक १ लाख प्रदान गर्ने जनाईएको छ। सम्झौता हाललाई ५ वर्षका लागि रहेको छ।

संघको वार्षिक कार्यक्रम अनुसार आगामी फागुन ६ गते बसन्तपुरमा हुने एनएनपिए स्पोर्टस् अवार्डमा प्रतिभावान २ खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारका लागि सम्झौता भएको हो। पहिलो पटक सम्मिलित गरिएको प्रतिभावान खेलाडी सम्मान विधामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी प्रत्येकले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
सम्झौता पत्र आदानप्रदान पश्चात एभरेष्ट वल्र्डका नेपाल च्याप्टरका उपाध्यक्ष कार्कीले राष्ट्रको लागि रगत पसिना बगाउने खेलाडीहरुको सम्मानका लागि सहयोग गर्न पाउनु ठुलो गौरवको कुरा रहेको बताए। यस्तै खेलाडी संघका अध्यक्ष श्रेष्ठले आफु खेलाडी जीवन ब्यतित गर्दै खेलाडीहरुको हक हितमा लागेका कार्कीले बिदेशमा रहेर पनि खेलाडीहरुको हक हित र सहयोगमा पु¥याएको योगदानको कदर गर्दै कार्की प्रति कृतज्ञता ब्यक्त गरे।

२०७५ सालमा मित्र राष्ट्र ईन्डोनेसियामा सम्पन्न १८ औं एशियाली खेलकुदमा सहभागी खेलहरुलाई आधार मानी ती खेलबाट २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने एक/एक जना खेलाडीहरु मध्येबाट नै एक महिला र एक पुरुष प्रतिभावान खेलाडी छनोट गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

भरतपुर हेर्न लायक सहरका रुपमा विकास भईरहेको छः प्रमुख दाहाल

Previous articleभोलि पोखरा दौडँदै!
Next articleपहिरनका कारण ट्रोल बनेकी नुसरतले दिईन् ट्रोलर्सलाई कडा जवाफ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।