बैतडीमा २ जना मृत फेला

बैतडी । बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट मृत फेला परेकाछन् । मेलौली नगरपालिका ६, हतरंगा निवासी ४४ बर्षीय भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा शनिबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक भट्टले शुक्रबार मदिरा सेवन गरेको बुझिन आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका २, का ५६ बर्षीय मीनबहादुर पाल पनि आज बिहान मृत फेला परेका छन् ।

बैतडीको डिलाशैनी गाउँपालिका ३ बगडीमा सडक छेउमा पाल मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । पालको मदिरा सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउन लागिएको प्रहरी नायव उपरीक्षक पाण्डेयले जानकारी दिए ।

The post बैतडीमा २ जना मृत फेला appeared first on Rajdhani Daily News.

श्री एयरलाइन्सले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

Previous articleविप्लव समूहका विद्यार्थी नेता पक्राउ
Next article‘अहिले नै अन्तर्राष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।