कोरोनाको प्रभाव : कर्णाली प्रदेशमा स्याउ र लसुनको मुल्यमा बृद्धि

दैलेख । कर्णाली प्रदेशमा चिनबाट आयात हुने स्याउ र लसुनको मुल्य बृद्धि भएको छ । चीनमा आवतजावत बन्द हुँदा कर्णालीमा स्याउ र लसुनको मुल्य आकाशिएको हो । कर्णाली प्रदेश राजधानी सुर्खेतमा अहिले लसुनको मुल्य आकासिए सँगै लसुनको व्यापार समेत कम हुन थालेको छ ।

केही महिना पहिले भारतबाट आयात हुने प्याजको मुल्य बृद्धि भएपछि आर्थिक अबस्था कमजोर भएका नागरिकहरुले प्याजको समेत प्रयोग गर्न छाडेका थिए । केहिदिन देखि प्याजको मुल्य घटेको भएप्नि लसुनको मुल्य दोब्बर बढेका व्यापारी बताउँछन् ।

कृषि बजार सुर्खेतका अध्यक्ष प्रबल शाहीले चीनमा देखिएको कोरोना भाईरसका कारण आवात–जावत बन्द भएपछि लसुनको मुल्य झण्डै ७ सय रुपैँया बराबर प्रतिकिलो विक्रि हुन थालेको जानकारी दिए । शाहीले भने, कोरोनाका कारण प्रत्यक्ष रुपमा चीनबाट आयात हुने स्याउ र लसुनमा प्रभाव परेको छ । शाहीका अनुसार प्याज केही दिन अघि देखि घटेर ८० देखि ९० रुपैँया प्रति केजि विक्रि भईरहेको छ । पछिल्लो समय तरकारी उत्पादन केही मात्रामा वृद्धि भएपनि कृषकहरुले तरकारी उत्पादन नगरिँदा सामान्यतयाः खुर्सानी,काउली, बन्दा पनि वाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

यस्तैगरि, सुर्खेतमा तरकारी पसल सञ्चालन गरेकी यमुना शर्माले गत बर्ष भन्दा यो बर्ष हरेक तरकारीको मुल्यमा बृद्धि भएको बताईन । धेरै बर्षातले तरकारी बारीमा कुहिएको हुनाले तरकारी मुल्यमा बृद्धि भएको हो । यस्तैै, कर्णप्रिय फलफुल तथा तरकारी पसलमा सञ्चालक मिमा बुढाले लसुन महँगो भएका कारण लसुन किन्ने सेवाग्राहिको सँख्या घट्दो क्रममा रहेको बताए । प्राय ठुला–ठुला होटेलहरुमा लसुन लिने गर्दछन्,’। ‘नत्र खासै व्यापार हुँदैन् ।’ तरकारी बजारका केहि तरकारी मण्डिहरुमा समेत लसुन नपाईने गरेको उपभोक्ताहरुले बताएका छन् ।

प्रदेश राजधानीमा रहेका अधिकाँश तरकारी मण्डिहरुमा तरकारीको समान मुल्य छैन । जसको प्रत्यक्ष मार सेवाग्राहीले भोग्नुपरेको छ,‘तरकारी मण्डिमा तरकारी किन्दै गरेका एक सेवाग्राहीले भने् । तरकारी व्यापारी भने् ‘दिन प्रतिदिन तरकारीको मुल्य घट–बढ हुने भएकाले तरकारी मुल्य समान हुन नसक्ने बताए ।

अर्गाानिक प्रदेशमा तरकारीको आयातमा बृद्धि

कर्णाली प्रदेश सरकारले पहिलो वैठकबाट प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णय गरेपनि प्रदेशको राजधानी सुर्खेतमै करौडौंको तरकारी आयात हुने गरेको छ । अत्याधिक बर्षा भई कृषकले लगाएको तरकारी बारीमै कुहिएपछि तरकारी बाहिरबाटै आयात गर्नु परेको हो ।

प्रदेश सरकारको भुमि, व्यवस्था, कृषि तथा शहकारी मन्त्रालयका प्रवक्ता तथा बरिष्ठ कृषि अर्थविज्ञ हरि प्रसाद पण्डित बाहिरको तरकारीलाई विस्थापित गर्नका लागि प्रदेश सरकारले बेमौसमी तरकारी उत्पादनलाई बढवा दिन लागेको बताए । बेमौसमी तरकारी उत्पादन गर्नका लागि नर्सरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जोनहरु बनाईनुका साथै १ सय वटा ब्लक र पकेटका विभिन्न कार्यक्रम प्रदेशका १० वाटै जिल्लामाहरुमा सञ्चालनमा ल्याईएको जानकारी दिए ।

उनले भने, २ सय ५४ स्थानमा कृषि सिँचाई कार्यक्रमहरु पनि अघि बढाईएको पण्डितले जानकारी दिए । ‘ उनले भने, ५ बर्ष भित्र कर्णाली प्रदेश अर्गानिक प्रदेशको रुपमा विकसित भईसक्छ । उत्पादित तरकारीको बजारीकरणको लागि समस्या रहेको स्वीकार गरे । विद्युत र सडक अभावले समस्या भएको हो । वजारीकरण गर्नका लागि कृषि सडकहरुको निर्माढा क्रमजारी छ । उत्पादनलाई जोड् नदिँदा तरकारी बाहिरबाट आयात गर्नुपर्ने बाध्यता भएको हो मन्त्रालयका प्रवक्ता पण्डितले बताए ।

The post कोरोनाको प्रभाव : कर्णाली प्रदेशमा स्याउ र लसुनको मुल्यमा बृद्धि appeared first on Rajdhani Daily News.

बच्चा बोकेकी महिलालाई पिट्ने प्रहरी निरीक्षकमाथि छानबिन सुरु

Previous articleमगर राजा बलीहाङले स्थापना गरेको राज्य बाह्र मगराँत क्षेत्रको धरोहरहरु जीर्ण बन्दै
Next articleविद्युतका सहायक प्रबन्धक घुससहित पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।