
बच्चा बोकेकी महिलालाई कुटपिट गर्ने भैंसेपाटी प्रभागमा कार्यरत इन्स्पेक्टर देवीप्रसाद पौडेलमाथि छानबिन सुरु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसएसपी टेकप्रसाद राईले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको जानकारी दिए।
इन्स्पेक्टर कार्कीले सो महिलालाई कुटपिट गरेको भिडियो शुक्रबार सार्वजनिक भएको थियो। त्यसलगत्तै छानबिन सुरु भएको एसएसपी राईले बताए।
नेपाली सेनाका पूर्व सहायक रथी हेम खत्री र माला शाहबीचको विवाद मिलाउन भैंसेपाटीस्थित घरमा पुगेका अभियान्तालाई प्रहरीले लाठीचार्ज गरेको थियो।
सो क्रममा इन्स्पेक्टर पौडेलले बच्चा बोकेर भागिरहेकी हेमा श्रेष्ठलाई पछाडिबाट डण्ठाले पटकपटक हिर्काएका थिए।
पूर्वसहायक रथी खत्री आफ्नो श्रीमान रहेको भन्दै र नाता प्रमाणित गरिदिन शाहले माग गरेकी थिइन्।


