विद्युतका सहायक प्रबन्धक घुससहित पक्राउ

सिन्धुली । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका सहायक प्रवन्धक इन्जिनियर शेरबहादुर सुनार शुक्रबार घुस सहित पक्राउ परेका छन् । प्राधिकरणको कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम विल भुक्तानीको सँग ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सुनार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खड्कालाई लिन पठाएका थिए । उक्त घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

खड्कालाई कमलामाई नगरपालिका – ७ ,गैरी चोकबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अख्तियारले सुनारलाई कार्यालयबाटै पक्राउ गरिएको कोइरालाले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

The post विद्युतका सहायक प्रबन्धक घुससहित पक्राउ appeared first on Rajdhani Daily News.

धर्म परिर्वतन गराउने गिरोह सक्रिय : राप्रपा अध्यक्ष थापा

Previous articleकोरोनाको प्रभाव : कर्णाली प्रदेशमा स्याउ र लसुनको मुल्यमा बृद्धि
Next articleइलाममा एक वर्षमा ४९ जना नवजात शिशुको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।