Home Uncategorized जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ- डा सिके रावतले नेतृत्व गर्नुभएको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने भएको छ ।
भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाअध्यक्ष÷नगर प्रमुख÷उपप्रमुख÷गाउँपालिका अध्यक्ष÷उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताउनुभयो ।।

https://ujyaalonepalnews.com/archives/29955

Previous articleरुकुम पूर्वका पाटनहरूमा पाइन छोड्यो यार्सागुम्बा
Next articleराजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ : अर्थमन्त्री डा महत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।