Home Uncategorized भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता. कालिकोटका दुई जनाको शव प्राप्त,...

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता. कालिकोटका दुई जनाको शव प्राप्त, पहिरोमा जुम्लाका मात्रै ११ जना परे

काठमाडौं- भारतको उत्तराखण्डमा गएको पहिरोमा परेर हराइरहेका १६ जना नेपालीहरुमध्ये दुई जनाको हब फेला परेको छ ।

उत्तराखण्डको प्रशिद्ध धार्मिकस्थल केदारनाथको मन्दिर नजिक रहेको होटल पहिरोले बगाउँदा त्यहाँ रहेका नेपालीहरु वेपत्ता भएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ ।

पहिरोले बगाएकामध्ये कालिकोटमा टेकबहादुर कामीसहित दुई जनाको शव प्राप्त भएको नयाँ दिल्ली स्थित नेपाली राजदूत डा शंकर शर्माले जानकारी दिनुभयो ।

पहिरोमा परेर जुम्लाका मात्रै ११ जना ववेपत्ता भएका छन् । यसैगरि पाँच जनाको बारेमा थाहा हुन नसकेको डा शर्माले जानकारी दिनुभयो ।

वेपत्ता भएकाहरुमध्ये दुई जनाको शव फेला परेको र त्यसलाई पोष्टमार्टमका लागि पठाइएको नेपाली दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

वेपत्ता अन्य नेपालीहरुको खोजी र पहिचान गर्ने प्रयास भरहेको उहाँले जानकारी दिनुभयो । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाएको थियो ।

यसैबीच भारतीय सञ्चारमाध्यमहरुले होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएर मन्दाकिनी नदीमा खसालेको बताएका छन् । भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।

यसैबीच गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनु भयो ।

उहाँले भारतको उत्तराखण्ड प्रदेशको नेपालसँग सिमाना जोडिएको जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण गर्न परराष्ट्र मन्त्रालय मार्फत भनिएको जानकारी पनि प्रवक्ता भट्टराईले दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/29994

Previous article‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’
Next articleज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।