Home Uncategorized छात्राहरुलाई अश्लिल म्यासेज पठाएको भन्दै चितवनमा शिक्षक माथि विद्यार्थीद्वारा कुटपिट

छात्राहरुलाई अश्लिल म्यासेज पठाएको भन्दै चितवनमा शिक्षक माथि विद्यार्थीद्वारा कुटपिट

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित कुरिनटारमा रहेको सर्वशान्ति माध्यामिक विद्यालयका शिक्षक अर्जुन बहादुर खत्री माथि कुटपिट भएको छ । विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राहरुलाई मोबाईलमा अश्लिल म्यासेज पठाएको आरोपमा आज बिद्यालयमै छलफलको क्रममा विद्यार्थीहरुले शिक्षक खत्री माथि कुटपिट भएको हो ।

शिक्षक खत्रीले पहिले पहिले पनि छात्राहरुलाई अश्लिल म्यासेजहरु पठाउने गरेको र ३–४ दिनदेखि यता विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राहरुलाई पुनः अश्लिल म्यासेजहरु पठाएको र छात्राहरुले साथी साथी बिच एकापसमा कुरा हुदा सो कुरा खुलेपछि आज विद्यालयमा अभिभावक विद्यार्थी र शिक्षकहरु बिच छलफल चलेको थियो ।

छलफलकै क्रममा विद्यार्थीहरुको भिडले शिक्षक खत्री माथी आक्रमण गरी कुटपिट भएको हो । घटना दिउँसो करिब १ बजेतिरको हो । यस विषयमा विद्यालयका आधिकारिक धारणा आउन बाँकी छ ।

यद्यपी विद्यालयमा शिक्षक माथि कुटपिट भएको खबर पाएपछि प्रहरीले आरोपित शिक्षक खत्रीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार आरोपित शिक्षक अहिले प्रहरी नियन्त्रणमा रहेको छ भने अहिलेसम्म कुनैपनि विद्यार्थीले उजुरी नदिइएको उनले जानकारी दिए ।

 

https://ujyaalonepalnews.com/archives/30051

Previous articleप्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता
Next articleअलैँचीको मूल्यवृद्धि भएपछि किसान उत्साहित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।