पत्रकार आचार्यको निधन

काठमाडौँ- पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । उहाँको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो ।

पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो । विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिनुभएका आचार्यले लामो समय पत्रकारिता गर्नुभएको थियो ।

उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिनुभयो । उहाँका श्रीमति, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/30528

Previous articleराज्यका जिम्मेवार संयन्त्रले काम गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री श्रेष्ठ
Next articleआइतबारबाट संसद्को अवरोध हट्ने प्रधानमन्त्रीको भनाई, आजै साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गर्ने तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।