आइतबारबाट संसद्को अवरोध हट्ने प्रधानमन्त्रीको भनाई, आजै साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गर्ने तयारी

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसद्को अवरोध हट्ने बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् सुसञ्चालन हुनेमा आशावादी रहेको पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि त्यस बखत बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/30529

Previous articleपत्रकार आचार्यको निधन
Next articleभरतपुरमा खुल्यो आरम्भ कलेज,कलेजमा भर्ना हुने सबैलाई एकएक लाख छात्रवृत्ति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।