गोलको खडेरी अनुभव गर्दै मेस्सी, गोल्डेन बुट प्रतिस्पर्धामा देखिए निकै कमजोर

सन् २०१४ यता मेस्सीले लामो समय गोलको खडेरी अनुभव गरेको यो पहिलोपटक हो।

मेस्सीले लगातार ४ खेलमा गोल गर्न सकेका छैनन्। शनिबार राति भएको खेलमा बार्साले २–१ ले गेटाफेलाई पराजित गर्दा मेस्सीले गोल गर्न सकेनन्।

६ पटकका गोल्डेन बुट र बालुन डि’ओर जितेका उनलाई गोलको खडेरीले यस सिजन यी दुवै उपाधिबाट बन्चित बनाउन सक्छ।

यस सिजन गेटाफेविरुद्धको खेल अगाडि मेस्सीले भ्यालेन्सिया, लिभान्टे रियल बेटिससँगको खेलमा गोल गर्न सकेका थिएनन्।

सन् २०१४ को जनवरीमा पनि मेस्सीले यस्तै अनुभव गरेका थिए। मेस्सीले त्यसबेला लगातार ८ खेलमा गोल गरेका थिएनन्।

यस सिजन १९ खेल खेलिसक्दा मेस्सीले मात्र १४ गोल गरेका छन्। यद्यपी मेस्सी ला लिगाका सर्वाधिक गोलकर्ता हुन्।

ला लिगामा करिम बेन्जेमाले १३ गोलसहित मेस्सीलाई पछ्याइरहेका छन्। लुइस स्वारेजको ११ गोल छ।

तर ला लिगामा सर्वाधिक गोलकर्ता भएता पनि मेस्सीले यस सिजन युरोपियन गोल्डेन बुट जित्न भने निकै संघर्ष गर्नुपर्ने देखिन्छ।

गोल्डेन बुट प्रतिस्पर्धामा मेस्सी १५ औं स्थानमा छन्। सिरि एका सिरो इमोबाइल २५ गोलसहित शीर्ष स्थानमा छन् भने यस उपाधि होडमा २२ गोलसहित रोवर्ट लिवानडोस्की दोस्रो स्थानमा छन्।

रोनाल्डो गोल्डेनबुट प्रतिस्पर्धामा २० गोलसहित तेस्रो स्थानमा छन्। एजेन्सी

आज पहाडमा मेघगर्जनसहित वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना

Previous articleभरतपुर महानगरद्वारा सुर्तीजन्य पदार्थ निषेध
Next articleगणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।