‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली

0
1

काठमाडौँ / हाँस्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा फेरी एकपटक सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’लाई देखिने भएको छ । उनीहरुलाई धुर्मुस–सुन्तलीको परिचय दिलाएको ‘मेरी बास्सै’ मा लामो समय पछि दर्शकले धुर्मुसको उटपट्याङ र सुन्तलीको रमाइलो प्रस्तुति देख्न पाउने भएका हुन् ।लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका यो जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को प्रचार प्रसारको लागी उनीहरू मेरी बास्सै सम्म पुगेका हुन् ।

मेरी बास्सैको सुटिङ सेटमा पुगेका धुर्मुस र सुन्तलीले विगतका दिनहरू सम्झँदै आफ्नो घर आफ्नो परिवारको साथमा फर्किँदा निकै खुसी भएको र आफूलाई विशेष आभास भएको बताउँछन् । उनीहरू भावुक हुँदै धुर्मुस सुन्तलीको पहिरन र त्यो घर आँगनले विगतका दिन हरू आँखामा ल्याइदिएको सुनाएका छन् । साथमा चम्सुरी सुन्तली कि आमा र दारी बाले पनि उनीहरू आउँदा निकै खुसी लागेको बताएका छन् । धेरै पछि मेरी बास्सैको सेटमा रौनक थपिएको उनीहरूको भनाइ छ ।

यही फागुन ९ बाट प्रदर्शनमा आउने चलचित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण अभियानका लागि बनाइएको हो । चलचित्रको मुनाफाबाट आउने ५० प्रतिशत रकम रङ्गशालामा खर्च गरिनेछ । यस चलचित्रले राजनीति, सामाजिक संरचना, पारिवारिक द्वन्द्व र राजनीतिले कसरी एउटा व्यक्तिको व्यक्तिगत जीवनमा उतारचढाव ल्याउँछ भन्ने देखाउँछ । चलचित्रमा सीताराम कट्टेल र कुञ्जना घिमिरे श्रीमान् श्रीमतीको भूमिकामा छन् ।

The post ‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली appeared first on Purbeli News.

शहर सफा राख्‍न ललितपुर महानगरले ल्यायो नयाँ प्रविधि

Previous articleगणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि
Next articleबुधबार बिहानै नेपाल प्रवेश गर्दै पश्चिमी वायु