दाङमा बाघले तेह्र वटा बाख्रा मार्‍यो

दाङ- जंगली बाघले दाङको बबईमा तेह्र वटा बाख्रा मारेको छ । बबई गाउँपालिका वडा नम्बर २ जहरेबासका छबिलाल खत्रीका तेह्र बाख्रा मारेको हो । जंगलमा बाख्रा चराउन गएको समयमा बाघले मारेको हो ।

खत्रीले भदौँ १२ गते स्थानीय सुवाखोरे सामुदायिक बनक्षेत्रमा चरणका लागि लग्नुभएको थियो । बाघले मारेका तेह्र वटा बाख्रामध्ये नौ वटा मरेको अवस्थामा फेला परेको र बाँकी चार वटा फेला नपरेको खत्रीले जानकारी दिनुभयो ।

खत्रीले बिगत केही बर्षदेखि टीकादेबी बाख्रा फर्म दर्ता गरेर ब्यवसाय गर्दै आउनुभएको थियो । तेह्र वटामध्ये दुई वटा बेलन बोका पनि बाघले मारेको खत्रीले जानकारी दिनुभएको छ ।

एकैपटकमा बाघले धेरै बाख्रा र बोका मारेपछि खत्री चिन्तित हुनुभएको छ । एकै पटकमा बाघले बाख्रा मारेपछि लाखौँको घाटा भएको छ ।

https://ujyaalonepalnews.com/archives/30868

Previous articleपक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप, पौडेल भन्सारका कर्मचारी भएको खुल्यो
Next articleगोसाइँकुण्डमा स्नान गर्ने श्रद्धालुहरु (फोटो फिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।