स्थिरताका लागि बहुमत दिनुस् : शशाङ्क कोइराला

नवलपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरुले बहुमत पाए स्थिरतासहित विकास दिने बताएका छन् ।

नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई आज सम्बोधन गर्दै नेता कोइरालाले बहुमत प्राप्त भएमा स्थिरतासँगसँगै विकास दिने बाचा गरे ।

उनले भने, ‘संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन ।’ आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काम खर्चिएको बताए ।

https://ujyaalonepalnews.com/archives/24835

Previous articleभारतले नेपाललाई दियो २०० वटा गाडी, क-कस्ले प्रयोग गर्छन् यी गाडीहरु ?
Next articleबुलेट देखि ब्यालेटको यात्रामा ‘शैलेश’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।