मकवानपुरमा नमुना संयुक्त रास्ट्र संघ सम्पन्न ।

0
70

मकवानपुर भदौ १६- अन्तर विद्यालय स्तरिय ” नमुना संयुक्त रास्ट्र संघ ” अबधारणा कार्यक्रममा अर्किड स्कुलका विश्वास जोशी युनेस्को सहभागितामा सर्वोत्कृष्ट प्रतिनिधिकारूपमा पुरस्कृत र सम्मानित भएका छ्न।

विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवम सहजकर्ता प्रतीक्षा श्रेष्ठले जनाएअनुसार नवोदय विद्यालय हेटौंडाद्वारा आयोजित नमुना रास्ट्रसंघ कार्यक्रम २०८० मा बागमती , लुम्बिनी र गण्डकी प्रदेशका करिव २०० विद्यार्थी को सहभागीता थियो।
भदौ १४-१६ सम्म ” दिगो विकासका लागि मानविय सहायता” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद सहित अन्य ६ एजेन्सी र प्रतिनिधि सभाको नमुनात्मक अवधारणा मार्फत सहभागीलाई अन्तर्राष्ट्रिय सम्बन्ध र संसदीय पद्धतिको अभ्यास गराइएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/30967

Previous articleअमेरिकी सिनेटर होलेन नेपाल भ्रमणमा
Next articleभारत र पाकिस्तानबीचको एसिया कपको खेल बर्षाका कारण रद्ध, दुवै टिमले १/१ अंक बाँडे